मनसुन लभ


ठुला ठुला गाजलु आखा त्यहि चम्किलो अनुहार गाढा लिप्स्टिक अनी उसको फेवरेट पिंक कलर । त्यहि कलरको साडी । केहि फरक छैन हिजो र आज मा । म पनि त परिवर्तन हुन सकिन । १२ वर्ष अघिको मेरो पागल पन दोहरीन सेकेण्ड लागेन ।
उसलाई केही थाहाँ छैन । तर उ संगको भेटले मलाई पागल बनाएको छ । पुराना याँद अनि पिडाहरुलाई ब्यूताएर मनले भित्र भित्रै प्रश्नै प्रश्नको चाङ्ग बनाएको छ । काहाँ बाट ?कुन अवस्थामा ?किन? अनि के का लागी ? यो भेट म आफै यी तमाम प्रश्नको उत्तर दिन सक्ने अवस्थामा छैन । मन त भन्छ दौडिदै अंगालो मारेर वर्षो देखिको पिडा बमन गरु । तर सक्दिन । मन भित्रको चाहा आज १२ वर्ष वित्दा पनि मनै भित्रै कैद छन् । मात्र ढाई अक्षरको प्रेम तर कहिल्यै सकिन उसको हात समाएर उच्चारण गर्न ।कति कमजोर हुदो रहेछ मान्छे । प्रेमको मामलामा । म हारेको पहिलो विषय हो प्रेम । बाकि त जितको कहिल्यै अभाव भएन् ।समाजिक संस्थामा विगत लामो समय देखि संर्धषशिल साजिदा सिद्धिकि को शब्द शब्द बाट बनेको मनसुन लभमैले यो पुस्तक सम्पादन गर्न पाएकोमा धरै भाग्यमानी ठानेको छु मलाई यो अवसर दिनु हुने सामाजिक अभियन्ता साजिदा सिद्धिकी  ज्यू प्रति हार्दिक अभार ब्यक्त गर्न चाहन्छु । पुस्तक छिटै बजारमा आउदैछ ।

0 comments

Write Down Your Responses