अपाङ्ग दिनेशको आम्दानि रिक्सा ।।
अशोक पोख्रेल
कपिलवस्तु , माघ १
भन्छन दैवले जे लेख्यो त्यो भएरै छाड्छ भनेर, सदाझैं यस वर्ष पनि विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेर अपाङग दिवस मनाए । वास्तविक तथ्याङकको अभाव भए तापनि स्वदेशी तथा विदेशी संस्थाहरूले जनाएको तथ्याङक अनुसार विश्वमा हाल कुल जनसङ्ख्याको १० प्रतिशत कुनै न कुनै किसिमको अपाङगताबाट पीडित रहेको तथ्याङक बाहिर आएको छ । यो दिवस पनि अन्य दिवस जस्तै सोही दिन मात्रै सीमित हुने गरेकोे छ । तर वास्तविक अपाङ्गलाई हेर्ने कोहि हुँदैन । अपाङ्गको हकमा बोल्ने विभिन्न संघ संस्था लाई भाषण गर्दैमा भ्याइ नभ्याइ छ ।
कपिलवस्तुको शिवराज न.पा. ९ भलुहि बस्दै आउनु भएका दिनेश थारु पनि अपाङग हुनुहुन्छ । उहाँको खुट्टा सानो छोटो छ भने सजिलै संग बोल्न पनि सक्नु हुन्न । दैवले पनि सबै थोक एउटै लाई दिएर दुख माथि दुख थपिदिएको छ । बावा आमाको एक्लो छोरो,दाइ भाइले कमाउलान भन्नु छैन , बावा आमा बुढा बुढि भइसक्नु भयो , घरमा रहेकि एउटि बहिनि अनि बुढा भएका बा आमा कसरि पाल्ने , कसरि पढाउने भन्दै आसुँ झार्छन दिनेश । अपाङग भएर पनि आफनो खर्च धान्न रिक्सा चलाउँछन उनि । उनले सकि नसकि रिक्सा भरी सामान राखेर तानेको देख्दा जो कोहिको आखामा आँसु आउँछ । घर को आर्थिक स्थिति कमजोर हुँदा र कुनै पनि संघ संस्थाले आफुलाई सहयोग नगर्दा उनले आफ्नो पढाई विचैमा छोड्नु प¥यो । हिड्दा लठ्ठीको साहारामा हिड्ने व्यक्ति कसरि त्यत्रो सामान लोड गरि रिक्सा चलाउन सकेको होलान भनि देख्ने जति सबै अचम्ममा पर्ने गर्दछन र सुन्दा अचम्म लाग्ने तर यो बास्तबिक हो उनि आफु हिड्दा लट्ठिकै साहारामा हिड्छन भने रिक्सा चलाउदा दाहिने खुट्टाको भरमा रिक्सा चलाउछ्न ।
वास्तवमा अपाङग के हो कसरी हुन्छ र नेपालमा अपाङगहरूका लागि के कस्तो व्यवस्था गरिएको छ भन्ने कुरा नै मुख्य भएकोले यसैबारे चर्चा गर्नु सान्दर्भिक छ । हाम्रो समाज पूर्णरूपमा सामाजिक रूढिवाद र धार्मिक नीतिनियमको आधारमा चलेको छ । यसै क्रममा अपाङग हुनु वा भएका व्यक्तिहरूलाई समाजमा दोस्रो दर्जाको मानिसको रूपमा लिइन्छ , दिनेशलाई पनि आफु अपाङ्ग हुँदा धेरै समस्या झेल्नु परेको उनि बताउँछन ।
अपाङग लाई हरेक शुभ कार्यदेखि सामाजिक कार्यमा बन्देज लगाइन्छ । शारीरिक तथा मानसिक अक्षमता त्यसमाथि समाजको अत्याचारले गर्दा उनीहरूलाई अशक्त बनाइदिन्छ । कोही पनि मानिस अपाङग हुन चाहंदैन तर अनेक प्राकृतिक प्रकोप तथा दुर्घटनाका कारण अपाङग बन्न पुग्छ । दिनेशको पनि बाल्यकाल निकै रमाईलो थियो , तर ७ , ८ वर्षकै उमेरमा उन्लाई विरामि भयो र उपचार गर्ने पैसा नहुँदा र जति दुःख देखाएपनि कसैले सहयोग नगर्दा उनि नचाहाँदा नचाहाँदै अपाङग बन्न पुगे । त्यसैले अपाङग पूर्वजन्मको पाप नभएर व्यक्ति, परिवार, समाज, प्रकृति तथा संस्कृतिको लापरवाही र आर्थिक स्थितिको नतिजा मात्र हो । अपाङग हुनुलाई पाप र कुकार्यसंग तुलना गर्नुभन्दा सपाङगहरू सरहको सच्चा व्यवहार गर्नु आजको आवश्यकता हो ।
विकासको नाममा भइरहेको विनाश तथा राजनीतिक अस्थिरताका कारण नेपालमा अपाङग सङ्ख्या बढ्दो छ । अपाङगहरूको हकहितका लागि खोलिएका सरकारी तथा गैरसरकारी संस्थाहरूले प्राप्त अनुदान तथा सहयोगको सही सदुपयोग गर्नुपर्छ, तव मात्र दिनेश थारु जस्ता अपाङगता पाएका व्यक्तिहरुले राहत पाउँछन ।
यसरी अपाङगहरूको हकहितका लागि राष्ट्रिय तथा अन्तराष्ट्रियरूपमा विविध प्रयासहरू भए तापनि ती कार्यक्रमहरूले वास्तविक अपाङगहरूको उद्धार हुन सकेको छैन । सरकारी नीति नियम अदालतीरूपमा मात्रै कार्यान्वयन हुने हुंदा सामाजिकरूपमा हुने विविध भेदभाव तथा छीःछीः र दुर्दुर्को भावनालाई स्वयं आफ्नै मनदेखि हटाउनु आवश्यक छ । जसले अपाङगहरूमा हुने नकारात्मक असर न्यूनीकरण गर्न सहज हुन्छ। उनीहरूभित्र हुने आत्मग्लानि तथा अशक्त हुं भन्ने भाव जरैदेखि उखाल्नका लागि पनि अन्य व्यक्तिको सहयोग आवश्यक छ ।अपाङग लाई सपाङगको महसुस गराउनु हाम्रो कर्तव्यहो र यसका लागि सरकारी, सामाजिक तथा पारिवारिक सहयोग र सल्लाह भने नितान्त आवश्यक छ ।

0 comments
Write Down Your Responses